birat ribon

स्वारेज फर्काउने लिभरपुलको तयारी

Neuro
स्वारेज फर्काउने लिभरपुलको तयारी

विराटनगर / इङ्ग्लिस क्लब लिभरपुलले आफ्ना पूर्वस्टार लुइस स्वारेज फर्काउने तयारी थालेको छ । उच्च लयमा रहेका एथ्लेटिको मड्रिडका स्ट्राइकर स्वारेजलाई एन्फिल्डमा फर्काउनका लागि लिभरपुलले कम्मर कसेको स्पेनिस मिडियाले जनाएका छन् ।

उरुग्वेका फरवार्ड स्वारेज सन् २०१४ मा एन्फिल्ड छोड्दै बार्सिलोना गएका थिए । क्याप नोउमा छ वर्ष खेलेका उनी बार्सिलोनाका तेस्रो सर्वाधिक गोलकर्ता बन्न सफल भए । तर, रोनाल्ड कोइम्यानले बार्सिलोनाको नेतृत्व सम्हालेपछि स्वारेज क्याटलान क्लब छोड्न बाध्य भएका थिए ।

cura insider

तर, एथ्लेटिको मड्रिड गएर टोलीलाई ला लिगाको उपाधितर्फ डोहोर्‍याइरहेका स्वारेजलाई लिभरपुलले इच्छा जताएको हो । लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोपले स्वारेजसँगको सहकार्यको अनुभव सङ्गाल्ने चाहना राखेका हुन् ।

३४ वर्षीय स्वारेजले लिभरपुलमा छँदा एक सय ३३ खेल खेल्दै ८२ गोल गरेका थिए । त्यसपछि बार्सिलोनाबाट दुई सय ८३ खेलमा एक सय ९५ गोल गर्न सफल स्वारेजले एथ्लेटिकोबाट ३१ खेलमा १९ गोल गरेका छन् ।

jackson ribon