birat ribon

प्रदेश अर्थमन्त्रीको पहिलो निर्णय : कम्युटर र प्रिन्टर किन्ने

Neuro
प्रदेश अर्थमन्त्रीको पहिलो निर्णय : कम्युटर र प्रिन्टर किन्ने

विराटनगर / प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका टङ्क आङ्बुहाङले कम्युटर र प्रिन्टर किन्ने पहिलो निर्णय गरेका छन् । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रीको सथपग्रहणपछि पदभार ग्रहण गरेलगत्तै मन्त्री आङ्बुहाङले कम्युटर र प्रिन्टर किन्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । पदभार ग्रहणलगत्तै सचिव कर्मचारीले निर्णय पुस्तिकामा हस्ताक्षर गराएका थिए ।

यातायात व्यवस्था कार्यालय विराटनगरमा अनलाइन सेवा विस्तारका लागि मन्त्री आङ्बुहाङले केही थान कम्युटर, प्रिन्टर तथा अन्य उपकरण खरिद गर्ने निर्णयका लागि सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जनाएको छ ।

cura insider

पदभार ग्रहण गर्दै मन्त्री आङ्बुहाङले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई उकास्ने उद्देश्यसहित काम गर्ने बताए । प्रदेशको वास्तविक अवस्था हेरेर आगामी आर्थिक वर्षका लागि आवश्यक बजेटको व्यवस्था गर्ने उनले बताए ।

माओवादी केन्द्रको संसदीय दलको नेता रहेका आङ्बुहाङ दल त्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेपछि मन्त्री बनेका हुन् । माओवादी केन्द्रले उनीमाथि कारवाही प्रक्रिया थालेको छ । माओवादी केन्द्रले संसद्बाट निलम्बन गरे उनी ६ महिनाका लागि मात्रै मन्त्री बन्न पाउनेछन् ।

jackson ribon