birat ribon

एनल फिसर : कब्जियत हुनेलाई फिसरको अधिक सम्भावना

Neuro
एनल फिसर : कब्जियत हुनेलाई फिसरको अधिक सम्भावना

विराटनगर / एलन फिसर मलद्वारको सतहमा सानो काटेको घाउजस्तो हुने वा च्यात्तिने समस्या हो । फिसर भएको बेका दिसा गर्दा मलद्वारको अन्त्यमा मांसपेशीहरूमा एँेठनको महसुस हुन सक्छ ।

छाला काटिएको कारण गम्भीर दुखाइ हुन्छ र दिसा बसेपछि रक्तस्राव समेत हुनसक्छ । फिसर साना बच्चामा देखिने धेरै सामान्य समस्या हो । तर, यो समस्या कुनै पनि उमेरका मान्छेलाई हुन सक्छ । लामो समयसम्म कब्जियतको समस्या धेरै हुने मानिसमा फिसर हुनसक्ने सम्भावना अधिक हुन्छ ।

cura insider

कब्जियतको साथै झाडापखाला भएकामा, मलद्वारमा रक्तप्रवाहमा कमी आएमा, एनल सेक्स, बच्चा जन्माउने बेलामा वा जन्माएपछि, इन्फ्लेमेटरी बाउल डिजिज भएमा फिसर हुनसक्छ । त्यस्तै, हर्पेस, मलाशयमा हुने क्यान्सर, सिफिलिस, टिबी, एचआइभीको सङ्क्रमण फिसरका जोखिम कारक हुन् । फिसरको समस्या आफैँ वा सामान्य उपचारबाट ठीक हुनेगर्छ ।

फिसरसँग ग्रस्त केही मान्छेलाई मेडिकल सहयोगको आवश्यकता पर्न सक्छ र गम्भीर अवस्थामा सर्जरीसमेत गराउनुपर्ने हुन सक्छ । मलद्वारको छालामा गाँठो या स्क्रिन ट्याग देखिनु, च्यात्तिएको वा काटिएको देखिनु, दिसा गर्ने समयमा दुखाइ हुनु, दिसामा रगत देखिनु वा रक्तश्राव हुनु, मलद्वार पोल्ने तथा चिलाउने फिसर हुँदा देखिने लक्षण वा सङ्केत हुन् ।

कब्जियतको रोकथाम गरेर, प्रशस्त फाइबरको सेवन गरेर वा पानी पर्याप्त पिएर एनल फिसरको जोखिमलाई कम गर्न सकिन्छ । दुई सातासम्म पनि लक्षण देखिइरहेमा अस्पताल गई जाँच गराउनुपर्छ ।

jackson ribon