birat ribon

किन बन्द भयाे काठमाडाैंकाे विमानस्थल

Neuro
किन बन्द भयाे काठमाडाैंकाे विमानस्थल

काठमाडौं । नेपालकाे एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल शुक्रबार दिउँसाेदेखि बन्द भएकाे छ । 

उच्च मात्रामा वायु प्रदूषण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको हाे। विमानस्थलबाट हुने उडान र अवतरण ठप्प भएको विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए । 

cura insider

उनका अनुसार ‘भिजिबिलिटी’ नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको हो । ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ,’ उनले भने, ‘माैसममा सुधार हुनेबित्तिकै उडान पूर्ववत् सञ्चालन हुने छ ।’

अहिले काठमाडाैं उपत्यकाकाे वातावरण पूरै धुम्मिए जस्ताे बनेकाे छ । धुलाेले आकाश ढाकिएकाे छ भने नजिकैकाे दृश्य पनि देख्न नसकिने भएकाे छ । 

तुवाँलोसँगै धुवाँ पनि मिसिएकाले अहिले काठमाडौंको आकाशमा यस्तो देखिएको मौसम विज्ञान विभागले जनाएको छ । माैसमविद् गंगा नगरकाेटीका अनुसार उपत्यकाकाे यस वातावरणले मानिसकाे स्वास्थ्यमा समेत गम्भीर असर पुर्‍याउन सक्छ ।

यस्ताे अवस्थामा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि उनले सुझाव दिएकी छिन् । 

jackson ribon