birat ribon

एमाले संसदीय दलकाे बैठक सुरु : झलनाथकाे नेतृत्वमा खनाल-नेपाल समूह पनि सहभागी

Neuro
एमाले संसदीय दलकाे बैठक सुरु : झलनाथकाे नेतृत्वमा खनाल-नेपाल समूह पनि सहभागी

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएकाे छ । 

केही समयअघि  प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

cura insider

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता झलनाथ खनालसहित माधव नेपाल समूहका केही नेता सहभागी भए पनि माधवकुमार नेपाल र भीम रावल भने उपस्थित भएका छैनन् ।

बालुवाटारमा संसदीय दलकाे बैठकअघि खनाल–नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरूकाे बैठकले संसदीइ दलकाे बैठकमा उपस्थित हुने निष्कर्ष निकालेकाे थियाे । 

नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो र गतिशील बनाउन र विधि पद्धतिमा पार्टी चलाउन संघर्ष गर्ने निर्णय भएकाले बैठकमा सहभागी भएकाे एमाले नेता रघुजी पन्तले जानकारी दिए ।

jackson ribon