birat ribon

नेपालले वैशाख ४ गतेबाट त्रिदेशीय सिरिज खेल्ने

Neuro
नेपालले वैशाख ४ गतेबाट त्रिदेशीय सिरिज खेल्ने

विराटनगर / नेपाली राष्ट्रिय क्रिकेट टोलीले २०७८ वैशाखको पहिलो साताबाट त्रिदेशीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार विज्ञप्ति जारी गर्दै १७ देखि २४ अप्रिल अर्थात् ४ वैशाखबाट नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्ने पक्का भएको जनाएको हो ।

नेपालले टियु क्रिकेट मैदानमा हुने उक्त सिरिज ४ देखि ११ वैशाखसम्म हुनेछ । यस सिरिजका लागि नेदरल्यान्ड्स र मलेसियालाई क्यानले प्रस्ताव गरेको थियो । दुवै देशबाट सहजै स्वीकार भएपछि त्रिदेशीय सिरिज खेल्ने पक्का भएको क्यानले जनाएको छ ।

cura insider

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । अप्रिलमा सिरिज हुने पक्का भएसँगै क्यानले खेलाडीको प्रशिक्षण पनि सुरु गर्ने तयारी गरेको छ ।

यसअघि ओमानमा हुने सिरिजका लागि क्यानले बन्द प्रशिक्षण सुरु गरेको थियो । तर, ओमान सिरिज अनिश्चितकाका लागि स्थगित भएपछि क्यानले बन्द प्रशिक्षण पनि स्थगित गरेको थियो । नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएपछि प्रशिक्षक डेभ वाटमोरको यो पहिलो प्रतियोगिता हुनेछ ।

jackson ribon