birat ribon

फिजियोथेरापी महिलाहरूका लागि अझ बढी आवश्यक

Neuro
फिजियोथेरापी महिलाहरूका लागि अझ बढी आवश्यक

विराटनगर / फिजियोथेरापी मेसिनको सहायता, शारीरिक व्यायाम र ट्रेनिङबाट रोग निदान गर्ने तथा दुखाइ कम गर्न सघाउने उपचार विधि हो ।

दुखाइ तथा लक्षण हटाउने मात्र नभइ रोगलाई निको पार्न, समस्या र जीवनशैलीमा सुधार ल्याउन तथा बिरामीलाई राम्रो अवस्थामा राख्नका लागि र भविष्यमा समस्यालाई थप जटिल हुन नदिन, रोगको रोकथाम गर्नका लागि फिजियोथेरापी महत्वपूर्ण हुन्छ । दुखाइ, विभिन्न रोग लाग्दा, नसा तथा हड्डीमा समस्या भएमा, वृद्ध उमेरका मानिसलाई फिजियोथेरापी आवश्यक हुन्छ ।

cura insider

त्यस्तै, महिलाहरूका लागि पनि फिजियोथेरापी अतिआवश्यक हुने विराटनगरस्तिथ सर्व– फिजियोथेरापी एन्ड वेलनेसकी फिजियोथेरापिस्ट डा. अङ्गिरा थापा बताउँछिन् । उमेर बढ्दै गएसँगै र महिनावारी रोकिने समय (मेनोपज)मा पनि महिलाहरूमा हुने हर्मोनल परिवर्तनका कारण, भिटामिन डिको कमीका कारण घुँडा दुख्ने, हड्डी खिइनेलगायतका समस्या देखिन सक्छ ।

यसले नशा च्यापिने, हिँडडुल गर्न गाह्रो हुने र पहिलाको जस्तो सामान्य जीवनशैली जिउन पनि गाह्रो हुनेजस्ता समस्या निम्त्याउने हुन्छ ।
यसका साथै, गर्भावस्थामा पनि फिजियोथेरापी गर्न सकिन्छ । गर्भावस्थामा र गर्भावस्थापछि फिजियोथेरापी गर्नुपर्छ भन्ने धेरैलाई थाहा हँुदैन । अधिकांश महिलाहरूमा बच्चा जन्माएपछि (नर्मल डेलिभरी होस् वा शल्यक्रियामार्फत होस ढाड दुख्ने समस्या हुन्छ ।

लामो समयसम्म अफिसमा तथा घरमा काम गर्ने महिलामा, उपकरणहरू धेरै चलाएमा, बस्ने तरिका नमिल्दा पनि समस्या उत्पन्न हुनेगर्छ । महिलाहरूले आफ्नो स्वास्थ्यमा समयमा फिजियोथेरापीको उपचार सुरु गरेमा भविष्यमा हुनसक्ने ढाडको समस्या, हाडजोर्नीसँग सम्बन्धित समस्याबाट धेरै हदसम्म जोगिनुका साथै जीवनस्तरमा सुधार ल्याउन पनि मद्दत गर्छ ।

jackson ribon