birat ribon

सिद्धबाबालाई झिकाउन उच्च अदालत विराटनगरको आदेश

Neuro
सिद्धबाबालाई झिकाउन उच्च अदालत विराटनगरको आदेश

विराटनगर / उच्च अदालत विराटनगरले बलात्कार आरोप मुद्दामा जिल्ला अदालतबाट सफाइ दिएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतमा झिकाउन आदेश दिएको छ । शुक्रबार उच्च अदालतले १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

‘न्यायाधीश प्रेमराज ढकाल र रेनुका शाहको इजलासबाट प्रतिवादीलाई १५ दिनभित्र झिकाउने आदेश भएको छ,’ उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले भने, ‘यो आदेशलाई अदालती भाषामा झगडिया झिकाउने आदेश भनिन्छ ।’

cura insider

उनका अनुसार अब म्याद जारी गर्ने तयारी छ । म्याद जारी भएपछि उपस्थित नभए प्रहरीले झिकाउने छ । अदालतमा पुनः बयान लिएपछि मुद्दाको प्रक्रिया अघि बढ्नेछ । उच्च अदालतले जिल्ला अदालतको फैसलाको विषय बुझ्नका लागि झगडिया झिकाउने आदेश दिएको हो ।

आफूलाई स्त्री र अग्निबाट टाढा रहने त्रिदण्ड धारण गरेको ब्रह्मचारी बताउँदै आएका गिरीलाई गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले महिलाको चरित्रमाथि प्रश्न उठाउँदै सहमतिमा भएको सम्पर्कलाई करणी भन्न नमिल्ने फैसला गरेको थियो । फैसलाको पूर्णपाठमा भनिएको छ ‘जाहेरवाली र प्रतिवादीबीच आदान–प्रदान भएका म्यासेजहरूबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसुर कायम गर्न मिल्ने देखिएन ।’

दुई महिनापछि अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो । गत फागुन २८ गते उच्च सरकारी वकिलको कार्यालयले अदालतमा पुनरावलोन निवेदन दर्ता गराएको थियो ।

विवादास्पद फैसला गर्ने न्यायाधीश अर्जुनप्रसाद कोइराला भने गत फागुन २८ गते नै उच्च अदालतको न्यायाधीश नियुक्तिमा सिफारिसमा परेका थिए ।

२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको भनी २०७६ मंसिर ११ गते जाहेरी दर्ता भएको थियो । अदालतले सफाइ दिएपछि गिरी चतरास्थित आश्रममा बसिरहेका छन् ।

jackson ribon