birat ribon

चिडियाखानाका हात्तीको आहाराका लागि वनमन्त्रीले गरे सहयोग

Neuro
चिडियाखानाका हात्तीको आहाराका लागि वनमन्त्रीले गरे सहयोग

काठमाडौँ / वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जावलाखेलस्थित सदर चिडियाखानामा रहेका हात्तीको आहाराका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख २५ हजार प्रदान गरेका छन् ।

शुक्रबार मन्त्रालयमा चिडियाखानाका प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेललाई मन्त्री आलेले उक्त रकम प्रदान गरेका हुन् । कोभिड–१९का कारण चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्यामा कमी भएको र जनावरलाई आहाराका लागि रकम अभाव भएका कारण मन्त्री आलेले रकम प्रदान गरेका हुन् ।

cura insider
jackson ribon