birat ribon

दमका बिरामीले होली खेल्दा ध्यान दिनुपर्ने कुरा

Neuro
दमका बिरामीले होली खेल्दा ध्यान दिनुपर्ने कुरा

विराटनगर / होली पर्व नजिकिँदै आएको छ । होलीको दिन विभिन्न प्रकारका रङ हालेर मनाउने गरिन्छ । हिजोआज बजारमा पाइने रङ सबै कृत्रिम हुन्छन्, जसमा हानिकारक पदार्थ मिसाइएको हुन्छ । रङले मानिसको मुड, दिमाग, शरीर, छाला र कपालमा गहिरो प्रभाव छोड्न सक्छ । रङमा हुने हानिकारक तत्वले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यसमध्ये दम (आस्थमा)को समस्या भएकाहरूका लागि यो झन् गम्भीर हुनसक्छ ।

होलीको रङ दमका रोगीका लागि विष बराबर हुनसक्छ । अनुहारमा लगाउँदा वा अन्जानमा मुखभित्र पसेमा यस्ता रङले बिरामीलाई आस्थमाको अट्याक गराउन सक्छन् । होलीको एक दिनअघि हुने होलिका दहनमा आगो बालेर निस्किने धुवाँ खरानीका कारण श्वासप्रश्वाससम्बन्धी समस्याको जोखिम बढाउन सक्छ ।

cura insider

त्यसैले सामान्य सतर्कता अपनाएमा आस्थमा भएका मानिसले अट्याक आउने चिन्ता बिना होलीमा रमाइलो गर्न सक्छन् । होली खेल्दा कुनै सुक्खा रङ प्रयोग गर्न नहुने कुरालाई ध्यानमा राख्नुपर्छ । सुख्खा रङमा रहेको कण लामो समयसम्म हावामा तैरिरहन्छन् । जसकारण यी कण फोक्सोमा प्रवेश गर्छन् र सास फेर्न समस्या हुन सक्छ ।

होली खेल्न चाहने दमका बिरामीले कृत्रिम रङको सट्टा प्राकृतिक रङको प्रयोग गर्नुपर्छ । प्राकृतिक रङको प्रयोग गरे पनि आस्थमाको अट्याक आउने डर रहन्छ । तर, ती रङ अन्य बजारमा पाइने कृत्रिम रङभन्दा कम हानिकारक हुन्छन् । दमको समस्या भएको मानिसले जहिले पनि आफ्नो इनहेलर सधैँ आफूसँग राख्नुपर्छ । कृत्रिम रङले गर्दा हुने असुविधाबाट बच्न यसको प्रयोग गर्न सकिन्छ ।

jackson ribon