birat ribon

पाँच वर्षमा ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गरिने

Neuro
पाँच वर्षमा ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गरिने

काठमाडौँ / नेपाल नेत्रज्योति सङ्घले आगामी पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारीमा ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । नेत्रज्योति दिवसको अवसरमा शुक्रबार सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका महासचिव भरतबहादुर चन्दले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रहरूलाई आधारभूत स्वास्थ्य सेवामा एकीकृत गर्ने र आगामी पाँच वर्षभित्र ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने बताए ।

यस्तै हाल सञ्चालनमा रहेका २२ वटा आँखा उपचार केन्द्रलाई सेकेन्डरी लेभलको आँखा अस्पतालमा स्तरोन्नति गर्ने पनि उनले जानकारी दिए । मोतिबिन्दुका अलावा दृष्टिदोष, बाल दृष्टिविहीनता, जलविन्दु, कोर्नियल अल्सर, डाइबेटिक रेटिनोपेथी, न्यूनदृष्टि, पनर्स्थापकीय सेवासम्बन्धी राष्ट्रिय कार्यक्रमहरू सञ्चालन गरिने पनि महासचिव चन्दले बताए । यस्तै इ–हेल्थलाई संस्थागत गर्दै ५ वर्षभित्र आँखा सेवामा मोबाइल हेल्थका आधुनिक प्रविधिको विकास, विस्तार र नियमन गरिने उनको भनाइ छ ।

cura insider

नेत्रज्योति सङ्घले यस वर्ष अन्धोपन निवारण हाम्रो जिम्मेवारी, आँखा सेवामा गरौँ साझेदारी भन्ने नाराका साथमा नेत्रज्योति दिवस मनाएको छ । सङ्घको अन्धोपन निवारणमा योगदान दिने गण्डकी प्रदेश सरकार, तुलसीपुर उपमहानगरपालिका दाङ, समाजसेवी श्रीजङ्ग शाह, अर्विस इन्टरनेसनल, विराटनगर आँखा अस्पताल, भरतपुर आँखा अस्पताललाई सम्मान गर्ने निर्णय पनि गरेको छ । कोभिड–१९ सङ्क्रमणका कारण अहिले नै सम्मान गर्न नसकेको भन्दै अनुकूल समयमा सम्मान गरिने सङ्घले जनाएको छ ।

नेपाल नेत्रज्योति सङ्घको स्थापना वि.सं. २०३५ साल चैत १३ गते भएको थियो । सङ्घले हालसम्म २१ वटा आँखा अस्पताल, एक सय २६ वटा आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखाको माध्यमबाट देशका विभिन्न ठाउँमा आँखा उपचार सेवा पु¥याउँदै आएको छ ।

jackson ribon