birat ribon

बाइडेनको बाचा : मेरो कार्यकालको पहिलो सय दिनभित्र २० करोडलाई खोप लगाउँछु

Neuro
बाइडेनको बाचा : मेरो कार्यकालको पहिलो सय दिनभित्र २० करोडलाई खोप लगाउँछु

विराटनगर / अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पहिलो सय दिनभित्र २० करोड नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने बाचा गरेका छन् । शुक्रबार ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा बाइडेनले यस्तो बाचा गरेका हुन् ।

उनले भने, ‘मलाई थाहा छ यो यो लक्ष्य महत्तवाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रोनजिक पनि आउन सकेका छैनन् । र मलाई विश्वास छ कि हामी यो वाचा पनि पूरा गर्नसक्छौँ ।’

cura insider

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीअनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ ।

jackson ribon