birat ribon

यस्तो हुनसक्छ भाङको असर

Neuro
यस्तो हुनसक्छ भाङको असर

विराटनगर / प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली सुरु हुने क्रममा छ । होलीमा रङ खेल्नुका साथै भाङ्गको पनि सेवन गरिन्छ ।

भाङ्ग एक प्रकारको मादक पदार्थ हो । भाङ्ग खाएपछि कसैमा यसले तुरुन्तै असर गर्छ भने कसैमा यसको असर तुरुन्त हुँदैन । केही समयपछि देखा पर्ने असर बिस्तारै बढ्दै जान्छ ।

cura insider

भाङ्गको सेवनले शरीरमा साइड इफेक्ट देखाउन थाल्छन् । भाङ्ग पिएपछि वा खानेबित्तिकै यसमा भएका रासायनिक तत्वहरू तीव्र रूपमा रक्त प्रवाहमा प्रवेश गर्छन् । भाङ्गको सेवन गर्नाले सीधा मस्तिष्क र शरीरको अन्य भागहरूमा पुगेर नकारात्मक असर देखाउन थाल्छ । यसपछि लागेको नशाका कारण मस्तिष्कको रिसेप्टर्स जसले खुसी, स्मृति, सोच, एकाग्रतामा समस्या आउँछ ।

शरीरलाई भन्दा पहिला दिमागलाई असर गर्ने हँुदा शरीर नियन्त्रणमा नै रहँदैन । कुनै पनि काम गर्न सक्षम नहुनुका साथै कुरा बुझ्न समस्या हुन्छ । भाङ्ग पिएपछि निद्रा लाग्ने तथा थकान रहन्छ । भाङ्गको सेवनले भोक नलाग्ने, निद्रामा समस्या, सानो कुरामा रिसाउने, आक्रामकता, बेचैनीजस्ता लक्षण सुरु हुन्छन् ।

यसको सेवनले टाउको दुख्ने, उल्टी हुने, रिङ्गटा लाग्ने, डर लाग्नेजस्ता समस्या देखा पर्छन् । चुरोट र रक्सीसँगै भाङ्गको सेवन गर्नाले थप गम्भीर असर देखिन्छ । भाङ्गले मुटुको धडकन बढाउने हुँदा मुटुसम्बन्धी रोग भएका मानिसहरूले भाङ्गको सेवन गर्नु हुँदैन । साथै, गर्भमा भएको भु्रणमा पनि असर गर्ने हुँदा गर्भवती महिलाहरूले पनि भाङ्गको सेवन गर्नुहुँदैन ।

jackson ribon