birat ribon

यी हुन् पेटको अल्सरका लक्षण

Neuro
यी हुन् पेटको अल्सरका लक्षण

विराटनगर / धेरैजसो मानिसलाई पेटमा पोल्ने, दुख्ने र वान्ता महसुस हुन्छ, जसलाई उनीहरूले धेरै हल्का रूपमा लिएर बेवास्ता गर्ने गर्छन् ।
यो सामान्य ग्यास्ट्रिक वा पाचन प्रणालीमा समस्या भएको कारण हुनसक्छ ।

तर, यो पेटमा अल्सर भएको कारण पनि हुनसक्ने हुन्छ । अल्सर एक प्रकारको घाउ हो, जुन पेट र आन्द्राको सतहमा बिस्तारै विकास हुँदै जान्छ । अल्सरलाई ठाउँ अनुसार विभिन्न नामले चिनिन्छ । अल्सर प्रायः पेट र आन्द्राको भित्री सतहमा एसिडको साइड इफेक्टको कारणले हुन्छ ।

cura insider

पेटमा एसिडको मात्रा धेरै हँुदा यो सतहको सम्पर्कमा आउँछ, जसकारण सतहमा घाउ हुन थाल्छन् । ग्यास्ट्रिक हेलिकोव्याक्टर पाइलरी नामक व्याक्टेरियाको सङ्क्रमणका कारण पनि हुनसक्छ । लामो समयसम्मको वा गम्भीर ग्यास्ट्रिकले पेटमा अल्सर निम्त्याउन सक्छ । मसालेदार, चिल्लो पिरो खाना तथा तनावका कारणभन्दा पनि धुम्रपान, मदिरापान, विभिन्न दुखाइ कम हुने औषधिको अत्यधिक सेवनका कारण पनि अल्सर हुन्छ ।

पेटमा अल्सर भएमा सुरुमा हल्का लक्षण देखिने हुन्छ । पेट पोल्ने, अल्छि लाग्ने, सुस्त हुने यसका पहिलो लक्षण हुनसक्छन् । साथै, लामो समयसम्म पेट खाली हुँदा पेट पनि दुख्न थाल्छ । अपच तथा हर्टबनको समस्याका कारण पनि अल्सर हुनसक्ने हुँदा छाती वा पेट पोल्ने हुनसक्छ । बिहानको समयमा लामो समयसम्म खाली पेट रहँदा पनि वाकवाकी हुने, उल्टी हुने हुन्छ भने यो पेटमा अल्सर भएको सङ्केत हुनसक्छ ।

दिसाको रङमा परिवर्तन आउनु पनि अल्सरको सङ्केत हुनसक्छ । कुनै पनि तौल घटाउने उपाय नअपनाइ पनि तौल घटिरहेमा यो पनि पेटमा अल्सर भएको सङ्केत हुनसक्छ । पेट भित्र सुन्निने हुँदा कहिलेकाहीँ पेटको अल्सरले पाचन प्रणालीमा अवरोध उत्पन्न गर्छ । यसले खानालाई पेटमा पुग्न रोक्ने गर्छ । जसका कारण बारम्बार भोक लागे पनि तौल कम हुन थाल्छ ।

पेटको अल्सरको कारण पत्ता लगाएर यसको समयमा उपचार गर्न आवश्यक हुन्छ । लापरबाही गरेमा समस्या थप गम्भीर भई यसले क्यान्सरको रूप लिन सक्छ ।

jackson ribon