birat ribon

सरकार विस्तारमा हाम्रो सहमति छैन : राई

Neuro
सरकार विस्तारमा हाम्रो सहमति छैन : राई

विराटनगर / नेकपा एमालेभित्र विवाद चलिरहेको बेला प्रदेश सरकार विस्तार भएपछि माधव नेपाल समूहले असन्तुष्टि जनाएको छ । शुक्रबार मुख्यमन्त्री शेरधन राईले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेपछि माधवकुमार नेपाल समूहले असन्तुष्टि जनाएको हो ।

‘केन्द्रमा विवाद चलिरहेका बेला एक्लौटी रूपमा सरकार विस्तार गरिएको छ, यसमा हाम्रो सहमति छैन,’ माधव समूहका नेता राजेन्द्र राईले कोसी अनलाइनसँग भने, ‘यो निर्णयलाई हामी स्वीकार गर्दैनौँ ।’

cura insider

उनले पार्टीमा छलफल नगरी गरेको निर्णयलाई नमान्ने बताए । मुख्यमन्त्री राईले सङ्कटको समयमा आफूलाई सहयोग गरेका चार जनालाई मन्त्री र दुुई जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

सर्वोच्च अदालतको दल विभाजनसम्बन्धी फैसलापछि शक्तिशाली बनेका राईले प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका हुन् । विस्तारित मन्त्रीमण्डलमा सङ्कटको बेला सहयोग गरेकालाई प्राथमिकता दिइएको छ ।

टङ्क आङ्बुहाङ, उषाकला राई, रामबहादुर राना र अम्बिरबाबु गुरुङलाई मन्त्री पदको जिम्मेवारी दिइएको छ । राजकुमार ओझा र कला घलेलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रदेशमा को–को बने मन्त्री ? सङ्कटमा सहयोग गर्नेलाई मन्त्री पद उपहार

jackson ribon