birat ribon

भारतमा पत्ता लाग्यो कोरोनाको नयाँ प्रकार

Neuro
भारतमा पत्ता लाग्यो कोरोनाको नयाँ प्रकार

विराटनगर / भारतमा दुईपटक उत्परिवर्तित भएको (डबल म्युटेन्ट भेरिएन्ट) कोरोना भाइरसको नयाँ प्रकार पत्ता लागेको छ ।

भारतका १८ वटा राज्यबाट सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोना भाइरसको विभिन्न नयाँ प्रकार फेला पारिएको छ । भारतमा बेलायत, दक्षिण अफ्रिका, ब्राजिलको साथसाथै डबल म्युटेन्ट भएको कोरोना भाइरसको नयाँ प्रकार फेला परको हो । पश्चिमी महाराष्ट्रबाट सङ्कलन गरिएको स्याम्पलमध्ये १५ देखि २० ओटा स्याम्पलमा डबल म्युटेन्ट भेरिएन्ट फेला परेको हो ।

cura insider

महाराष्ट्रबाट गत डिसेम्बरको तुलनामा ‘इ४८४क्यु’ र ‘एल४५२आर’ म्युटेसनको मात्रा बढी रहेको पाइएको र यस किसिमको डबल म्युटेसनले शरीरको प्रतिरक्षा प्रणालीमा नकारात्मक असर गरी सङ्क्रमण स्तर वृद्धि गराउन सक्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ । यस्ता प्रकारका उत्परिवर्तनले भाइरस सम्भावितरूपमा अरूभन्दा सङ्क्रामक हुने, गम्भीर बिरामी पार्न सक्ने तथा भाइरसविरुद्ध खोपले पनि काम नगर्न सक्छ ।

भारतमा फेला परेको भेरिएन्ट सम्भावितरूपमा बढी खतरनाक या सङ्क्रामक नहुन सक्छ । तर, अझै पनि यसबारे निश्चित हुन थप डाटा आवश्यक पर्छ । साथै, हालसम्म धेरै मानिसमा डबल म्युटेन्ट भेरिएन्ट नदेखिएकाले सरकारले नयाँ प्रकार र पछिल्लो बढ्दो सङ्क्रमण दरबीच सम्बन्ध नदेखिएको जनाएको छ ।

स्वास्थ्य सावधानीहरू नअपनाइएका कारण त्यहाँ पुनः सङ्क्रमण बढ्न थालेको चिकित्सकहरूको भनाइ छ । वैज्ञानिकहरू अहिले एउटै भाइरसमा दुईवटा म्युटेसन भएमा यसले भाइरसलाई कत्तिको सङ्क्रामक बनाउँछ या खोपको प्रभावमा के कस्तो असर गर्छ भनेर थप अध्ययन गरिरहेका छन् ।

jackson ribon