birat ribon

सडक निर्माणमा ढिलासुस्ती (फोटो फिचर)

Neuro
सडक निर्माणमा ढिलासुस्ती (फोटो फिचर)

मोहन ढकाल


सुनसरी / भोक्राहा नरसिंह गाउँपालिका–१ मा दुई किलोमिटर सडक निर्माणमा ढिलासुस्ती भएको छ । सडक निर्माण समयमा सम्पन्न नहुँदा स्थानीय समस्या भोग्न बाध्य छन् ।

cura insider

बहुवर्षीय योजनाअन्र्तगत रहेको दुई किलोमिटर सडक लामो समयदेखि अलपत्र छ । सडकमा उड्ने अत्यधिक धुलोका कारण मानव स्वास्थ्यमा समेत असर परिरहेको छ । विद्यार्थीहरू विद्यालयसम्म आवत–जावत गर्न थप समस्यामा पर्ने गरेका छन् । स्थानीयका अनुसार सडकमा पानीसमेत नहाल्दा धुलोका कारण हिँडडुलमा समेत समस्या हुनेगरेको छ ।

सडक निर्माणको जिम्मा पाएको जोशी÷आरजेसी कन्स्ट्रक्सनले पाएको छ । विभिन्न प्राविधिक समस्याका कारण सडक निर्माण कार्य समयमा सम्पन्न गर्न नसकिएको कन्स्ट्रक्सनका प्रमुख रमेश कार्कीले बताए । साढे ४ करोडको लागतमा निर्माण सम्पन्न हुने भए पनि विभिन्न समस्याका कारण समयमा सडक निर्माण गर्न नसकिएको उनको भनाइ छ ।

jackson ribon