birat ribon

यसकारण शिशु र साना बच्चाहरूले ओछ्यानमै पिसाब गर्छन्

Neuro
यसकारण शिशु र साना बच्चाहरूले ओछ्यानमै पिसाब गर्छन्

विराटनगर / शिशु र साना बच्चाहरूले प्रायः ओछ्यानमा पिसाब फेर्ने गर्छन् । पाँच वर्षसम्मका बालबालिकाले ओछ्यानमै पिसाब फेर्नुलाई स्वभाविक मान्न सकिन्छ । एउटा अध्ययनका अनुसार तीन वर्षसम्म उमेर भएकामध्ये ४० प्रतिशतले ओछ्यानमा पिसाब गर्ने गर्छन् ।

बच्चाहरू हुर्कँदै जाँदा र परिपक्व हुन थालेपछि उनीहरू यस अवस्थाबारे बढी सचेत हुन्छन् र विस्तारै ओछ्यानमा पिसाब गर्न बन्द गर्छन् । तर लगातार ओछ्यानमा पिसाब गर्नु पछाडि पनि केही गम्भीर कारण हुन सक्छ ।

cura insider

अविकसित मूत्राशयको कारणले लामो समयसम्म उनीहरूले पिसाब राख्न असमर्थ हुने हुँदा बच्चाहरूले ओछ्यानमा पिसाब फेर्ने गर्छन् । केही समस्याले पनि बच्चाहरूलाई ओछ्यान भिजाउन बाध्य बनाउन सक्छन् ।

बच्चाहरूलाई आफ्नो मूत्राशयमा पूरा नियन्त्रण प्राप्त गर्नका लागि समय लाग्न सक्छ । मूत्राशय अझै विकासको चरणमा भएको कारण धेरै पिसाब राख्न नसक्ने वा ओछ्यानमा पिसाब फेर्ने पारिवारिक इतिहासका कारण पनि बच्चाहरूले ओछ्यानमा पिसाब फेर्ने गर्छन् ।

यसबाहेक, कहिलेकाँही बच्चाले मूत्राशय भरिएको कुरा पहिचान गर्न सकेको हुँदैन । जसकारण उनीहरूले ओछ्यानमा पिसाब फेर्ने गर्छन् । बच्चामा मूत्र नलीको सङ्क्रमण (युरिनेरी ट्राक्ट इनफेक्सन) भएमा पनि उनीहरूले आफ्नो पिसाब नियन्त्रण गर्न सक्दैनन् । बच्चाको ओछ्यान भिजाउने बानी स्लिप एपनियाको नामक समस्याको सङ्केत हुन सक्छ । यस्तो अवस्थामा बच्चालाई निद्रामा सास फेर्न गाह्रो हुन्छ ।

ओछ्यानमै पिसाब गर्नु पिसाबसम्बन्धीको समस्या मात्र नभएर न्युरो साइकियास्ट्रिक समस्या हो । अभिभावकले बच्चालाई सुताउनअघि पिसाव फेराउनु पर्ने तथा पिसाब गर्ने समय ख्याल गर्दै निश्चित समयमा बच्चालाई ब्युँझाएर पिसाब फेर्ने बानी बसाल्नु पर्छ  । जसले समस्यालाई बिस्तारै कम गराउँदै लान्छ ।

सुत्नेको समयमा लगातार वा पटक–पटक बच्चाले ओछ्यानमा पिसाब फेर्छ भने र यो रातको समयमा मात्र नभइ दिनमा पनि हुन्छ भने चिकित्सा सहायता लिन जरुरी हुन्छ । साथै, बच्चाले पटक–पटक पिसाब फेर्न जानको लागि आग्रह गर्छ भने तुरुन्त डाक्टरकोमा जानुपर्छ ।

jackson ribon