birat ribon

भारतविरुद्धका अन्तिम दुई खेलबाट बाहिरिए मोर्गन

Neuro
भारतविरुद्धका अन्तिम दुई खेलबाट बाहिरिए मोर्गन

विराटनगर / इङ्ग्ल्याण्ड क्रिकेट टोलीका कप्तान इयन मोर्गन भारतविरुद्धको अन्तिम दुई अन्तर्राष्ट्रिय एकदिवसीय खेलबाट बाहिरिएका छन् । औँलामा आएको चोटको कारण उनी भारतविरुद्ध उनी शुक्रबार हुन लागेको दोस्रो एकदिवसीय र आइतबार हुने तेस्रो एकदिवसीय खेल खेल्न नसक्ने अवस्थामा पुगेका हुन् ।

मङ्गलबार भारतविरुद्धको पहिलो एकदिवसीय खेलमा फिल्डिङका क्रममा मोर्गन चोटग्रस्त भएका थिए । डाक्टरसँगको परामर्शपछि दुवै खेलबाट बाहिरिएका हुन् ।

cura insider

दोस्रो एकदिवसीयमा साम बिलिङ्ग्स पनि हुनेछैनन् । यद्दपि, उनले तेस्रो तथा अन्तिम एकदिवसीयमा कमब्याक गर्नसक्ने बताइएको छ ।

कप्तान मोर्गनको स्थानमा लियम लिभिङ्गस्टनलाई टोलीमा बोलाइएको छ । उनले अन्तर्राष्ट्रिय एकदिवसीयमा डेब्यु गर्न लाग्दैछन् । त्यसैगरी, टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका डेविड मलानसमेत हाल भारतमै छन् ।

jackson ribon