birat ribon

भारतमा एकै दिन ५९ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि

Neuro
भारतमा एकै दिन ५९ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि

विराटनगर / भारतमा कोरोना भाइरसबाट एकै दिनमा ५९ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा थप ५९ हजार एक सय १८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

भारतमा लगातार एक हप्ता ४० हजारभन्दा बढी सङ्क्रमित भेटिरहेका छन् । यो सङ्ख्या भारतमा सन् २०२१ को सबैभन्दा धेरै रहेको छ । भारतमा बिहीबार ५३ हजार चार सय ७६ जनामा सङ्क्रमण देखिएको थियो । योसँगै भारतमा सङक्रमित हुनेको कुल सङ्ख्या एक करोड १८ लाख ४६ हजार छ सय नाघेको छ ।

cura insider

पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणबाट थप २ सय ५७ जनाको मृत्यु भएसँगै भारतमा सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक लाख ६० हजार नौ सय ४९ पुगेको छ । भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख २१ हजार ६६ रहेका बताइएको छ ।

साथै, पछिल्लो २४ घण्टामा भारतमा थप ३२ हजार नौ सय ८७ जना निको भएका छन् भने हालसम्म सङ्क्रमणबाट निको हुनेको सङ्ख्या एक करोड १२ लाख ६४ हजार छ सय ३७ पुगेको छ । तथ्याङ्कअनुसार भारतमा अन्य ठाउँको तुलनामा महाराष्ट्रमा यतिबेला कोरोना तीव्र रूपमा फैलिरहेको छ ।

पछिल्लो समयमा भारतमा छिटो सर्ने प्रकारको कोरोना भाइरस (नयाँ भेरिएन्ट) भेटिएको कारण सङ्क्रमण बढ्दो क्रममा रहेको बताइएको छ । भारतमा दुई पटक उत्परिवर्तित भएको कोरोना भाइरसको नयाँ प्रकार पत्ता लागेको छ । साथै, स्वास्थ्य सावधानीहरू नअपनाइएका कारण त्यहाँ पुनः सङ्क्रमण बढ्न थालेको चिकित्सकहरूको भनाइ छ ।

jackson ribon