birat ribon

कान्टेले चोट बोके, विश्वकप छनोटका दुई खेल गुमाउने

Neuro
कान्टेले चोट बोके, विश्वकप छनोटका दुई खेल गुमाउने

विराटनगर / फ्रेन्च स्टार एन‘गोलो कान्टेले चोट बोकेका छन् । बुधबार राति अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा चेल्सीका मिडफिल्डर कान्टे घाइते भएका हुन् ।
बुधबार राति विश्वकपको युरोपियन छनोटअन्तर्गत फ्रान्सले युक्रेनसँग १–१ गोलको बराबरी खेलेको थियो । सो खेलका क्रममा कान्टेले ह्यामस्ट्रिङ चोट बोकेको चेल्सीले जनाएको छ ।

यससँगै कान्टेले विश्वकप छनोटका आगामी दुुई खेल गुमाउनेछन् । सामान्य चोट बोकेका उनी स्टाम्फोर्ड ब्रिज फर्किने चेल्सीले जनाएको छ ।

cura insider

फ्रान्सले अब काजकिस्तान र बोस्निया एण्ड हर्जगोभिनासँग खेल्न बाँकी छ । फ्रान्सले काजकिस्तानसँग आइतबार र बुधबार बोस्नियासँग खेल्नेछ । समूह ‘डी’ मा रहेको फ्रान्स एक अङ्क जोडेर तालिकाको चौथो स्थानमा छ ।

jackson ribon