birat ribon

प्रदेश १ को मन्त्रिपरिषद् आज विस्तार हुँदै

Neuro
प्रदेश १ को मन्त्रिपरिषद् आज विस्तार हुँदै

विराटनगर / प्रदेश १ को मन्त्रीपरिषद् आज (शुत्रबार) दिउँसो विस्तार गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

सर्वोच्च अदालतको दल विभिजानसम्न्धी फैसलापछि शक्तिशाली बनेका राईले प्रदेशको मन्त्रिपरिषद् विस्तारको तयारी थालेका थिए । त्यसलाई आज मूर्त रुप दिने योजना उनको छ । प्रदेश १ मा सातवटा मन्त्रालय छन् । मुख्यमन्त्री राईले मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । जगदिश कुसियतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालिरहेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्रीमात्रै छन् ।

cura insider

आफूविरुद्धको आविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन आफ्ना सांसदलाई बुधबार एक साताको समय दिएका मुख्यमन्त्री राईले सरकार विस्तारको अन्तिम गृहकार्य गरिरहेको नेकपा एमालेका एक नेताले जानकारी दिए । नयाँ मन्त्रिमण्डलको लिस्टमा माओवादी केन्द्र छाडेका सांसद् टङ्क आङ्बुहाङदेखि माधव नेपाल समूह छाडेका सांसदहरू छन् । मन्त्रीका लागि आङ्बुहाङ, कला घले, राजकुमार ओझा, उषाकला राई लगायतको नाम चर्चामा छ । राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारीमा मुख्यमन्त्री रहेको स्रोतले बतायो ।

मुख्यमन्त्री राईका प्रेस संयोजक धु्रब सुवेदीले सम्भवत आज मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । ‘मुख्यमन्त्रीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना प्रवल छ,’ उनले भने, ‘एक÷दुई दिनभित्र गर्ने हो कि भन्ने कुरा पनि चलिरहेकाले यकिन भइसकेको छैन ।’

प्रदेश सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले सरकार विस्तार हुने जानकारी दिए । मन्त्री र राज्यमन्त्रीसहित १०–११ जनाको मन्त्रिमण्डल बन्नसक्ने उनको भनाइ छ । माओवादी केन्द्र छाडेका आङ्बुहाङलाई माओवादी केन्द्रले कारबाही प्रक्रिया थालेको छ । माओवादीले संसद् पदबाट निलम्बन गरे उनी ६ महिनाका लागि मात्रै मन्त्री बन्न पाउनेछन् ।

पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा तत्कालीन प्रचण्ड–माधव समूहका नेता तथा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए । १० पुसमा मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए ।

त्यसयता मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्रीको भरमा प्रदेश १ सरकार चलिरहेको छ । राजनीतिक रस्साकस्सीको तीन महिनापछि मुख्यमन्त्री राईले सामाजिक विकास, आर्थिक मामिला, भौतिक पूर्वाधार र भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्री नियुक्त गर्ने भएका छन् ।

त्यस्तै, सामाजिक विकास मन्त्री र राज्यमन्त्रीसहित उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । एक सांसदका अनुसार मन्त्री र राज्यमन्त्री गरेर नयाँ मन्त्रीपरिषद्मा छ जना थपिने सम्भावना छ ।

jackson ribon