birat ribon

सय दिने कार्यकालभित्र २० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप दिने बाइडेनको घोषणा

Neuro
सय दिने कार्यकालभित्र २० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप दिने बाइडेनको घोषणा

विराटनगर / आफ्नो सय दिने कार्यकालभित्र २० करोड नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका छन् ।

ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा बाइडेनले कोभिडसँगको सामनापछिका आफ्ना प्राथमिकताबारे जानकारी दिए । सय दिनभित्र २० करोड अमेरिकीले खोप पाइसक्ने उनको घोषणा रहेको बीबीसीले जनाएको छ ।

cura insider

उनको यो घोषणा यसअघिको लक्ष्यभन्दा दोब्बर हो । बाइडेनले जसरी भए पनि लक्ष्य पूरा गर्ने बताएका छन् । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको खोपको करिब १३ करोडलाई दिइसकिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा वितरण भइरहेको छ।

jackson ribon