birat ribon

भारतबाट फर्केका २४ मा कोरोनाको सङ्क्रमण

Neuro
भारतबाट फर्केका २४ मा कोरोनाको सङ्क्रमण

विराटनगर / भारतका विभिन्न सहरबाट स्वदेश फर्किएका २४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बिहीबार साँझसम्म ती व्यक्तिमा संक्रमण पुष्टि भएको बताए। ‘एन्टिजेन परीक्षण गर्दा २४ जनामा कोरोना पोजिटिभ देखिएको छ’, निर्देशक डा. पौडेलले भने। उनीहरूमा देखिएको भाइरसको प्रकारबारे अध्ययन गरिने उनको भनाइ छ ।

cura insider

‘सङ्क्रमितको नमुना सङ्कलन गर्छौं। नमुनाको र्‍यान्डमलाई जिन सिक्वेन्सिङ पनि गर्छौं। भारतमा देखिएको डबल म्युटेन्ट (दोहोरो उत्परिवर्तन) भएको भाइरस हो।होइन परीक्षणबाट पत्ता लाग्छ’, उनले भने।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सँग सहकार्य गरी जनशक्ति एवं प्राविधिक पक्ष मिलाइएको छ। आवश्यक परे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्रयोगशालामा पनि पठाइने डा. पौडेलले बताए।

कञ्चनपुरको गड्डाचौकी, गौरिफन्टा र बाँकेको जमुनाह नाकाबाट भित्रिएका नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ। सङ्क्रमितमध्ये अधिकांश गौरिफन्टा नाकाबाट प्रवेश गरेका नेपाली हुन्। उनीहरू भारतका गुजरात, दिल्ली, चेन्नई, मुम्बईबाट फर्केका हुन्। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon