birat ribon

मुलुकका चार सय ७९ स्थानमा डढेलो

Neuro
मुलुकका चार सय ७९ स्थानमा डढेलो

विराटनगर / मुलुकका ४७ जिल्लाका चार सय ७९ स्थानमा बिहीबार एकै दिन डढेलो लागेको छ ।

दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जाल संयोजक डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले बिहीबारको डढेलो अहिलेसम्मकै सबैभन्दा धेरै भएको जानकारी दिए । गत वर्ष यही दिन एक ठाउँमा मात्र डढेलो लागेको थियो। ‘बिहीबार धेरैतिर डढेलो लागेको देखिन्छ,’ नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्बिर विश्लेषण गर्दै शर्माले भने, ‘यति डढेलो विगतमा कहिल्यै लागेको थिएन ।’

cura insider

मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । हिमाली क्षेत्रमा कात्तिकमै डढेलो लाग्न सुरु हुन्छ । यो वर्ष रसुवा, ताप्लेजुङ, मनाङ, गोरखा, लमजुङलगायतका हिमाली जिल्लामा मंसिरदेखि डढेलो लागेको हो । केही हिमाली जिल्लामा अझै डढेलो नियन्त्रणमा आएको छैन ।

अघिल्ला ५ वर्षको कात्तिकदेखि चैतसम्मका डढेलोको तथ्यांकलाई विश्लेषण गर्दा पनि बिहीबारको डढेलो संख्या उच्च हो । अघिल्लो वर्ष कात्तिकदेखि चैत १२ सम्म एक सय ६५ स्थानमा डढेलो लागेको थियो । यो वर्ष यही अवधिमा दुई हजार ८७ स्थानमा डढेलो लागेको देखिन्छ । कान्तिपुर दैनिकमा समाचार छ

jackson ribon