birat ribon

विदेशी पर्यटकलाई खुकुलो स्वास्थ्य मापदण्ड

Neuro
विदेशी पर्यटकलाई खुकुलो स्वास्थ्य मापदण्ड

विराटनगर / कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटक आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड–२०७७’ जारी गरेको छ ।

पछिल्लो एक वर्षदेखि पर्यटक आगमन हुँदा लगाइएको मापदण्डको शर्तलाई केही खुकुलो गर्दै मन्त्रालयले बिहीबार नयाँ मापदण्ड सार्वजनिक गरेको हो । मन्त्रिपरिषद्बाट स्वीकृत भएको मापदण्ड आज शुक्रबारदेखि लागू हुने मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद्बाट गरिएका निर्णयहरु तथा विगतका स्वीकृत मापदण्डहरु समेतका आधारमा पर्यटकको आवागमनलाई व्यवस्थित गर्न मापदण्ड स्वीकृत गरी जारी गरिएको हो ।

cura insider

पर्यटक विमान चढ्नुअघि बढीमा ७२ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिपोर्ट लिएर नेपाल आउन सक्नेछन् । नेपाल अवतरण गरेपछि पर्यटकले पीसीआर नेगेटिभ आएमा पर्यटकीय गतिविधिमा सहभागी हुन पाउनेछन् भने पोजेटिभ आएमा सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड अनुसार आइसोलेसनमा बस्नु पर्नेछ । नेपाल आएका पर्यटकले कोभिडविरुद्धको खोप लगाएको भए पनि नेपालमा पीसीआर परीक्षण भने अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले बताए । कारोबार दैनिकमा समाचार छ

jackson ribon