birat ribon

हङ्गेरीको अग्रता उल्टाउँदै पोल्यान्डको बराबरी

Neuro
हङ्गेरीको अग्रता उल्टाउँदै पोल्यान्डको बराबरी

विराटनगर / विश्वकप छनोटमा पोल्यान्डले हङ्गेरीसँग बराबरी खेलेको छ । बिहीबार राति भएको युरोपियन छनोटतर्फ पोल्यान्डले हङ्गेरीसँग ३–३ गोलको बराबरी खेलेको हो ।

फेरेन्स पुस्कास स्टेडियममा हङ्गेरीको अग्रता उल्टाउँदै पोल्यान्डले बराबरी गरेको हो । खेलको छैटौँ मिनेटमा हङ्गेरीका रोलान्ड सल्लाईले गोल गर्दै हङ्गेरीलाई सुरुआती अग्रता दिलाए । ५२औँ मिनेटमा अदाल सजालाईको गोलमा हङ्गेरीले आफ्नो अग्रता दोब्बर बनायो ।

cura insider

तर, क्रेजिस्टफ पाइटेक र कमिल जोजवाकले ६० र ६१औँ मिनेटमा गोल गर्दै पोल्यान्डलाई बराबरीमा फर्काए । ७८औँ मिनेटमा विली अर्बानले गोल गर्दै हङ्गेरीलाई पुनः अग्रता दिलाए ।

८२औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई सम्भावित हारबाट जोगाए । खेलको इन्ज्युरी समयमा भने अटिला फियोलाले रातो कार्ड पाएपछि हङ्गेरी दस खेलाडीमा सीमित बनेको थियो ।

यस बराबरीसँगै समूह ‘आई’का दुवै टोलीले १–१ अङ्ग बाँडेका छन् ।

jackson ribon