birat ribon

बराबरीमा रोकियो स्पेन

Neuro
बराबरीमा रोकियो स्पेन

विराटनगर / सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट खेलअन्तर्गत स्पेन र ग्रिसले बराबरी खेलेका छन् । बिहीबार राति भएको युरोपियन छनोटको पहिलो खेलमा स्पेन र ग्रिसले १–१ गोलको बराबरी खेलेका हुन् ।

लस कार्मेनेसमा स्पेनले सुरुआती अग्रता बनाएको थियो । खेलको ३३औँ मिनेटमा अल्भारो मोरोटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।

cura insider

खेलको ५६औँ मिनेटमा ग्रिसले पेनाल्टीको अवसर पाएको थियो, जसमा अनास्टासिस बकासेट्सले गोल गर्दै ग्रिसलाई बराबरीमा फर्काए । र, बाँकी समय गोल नहुँदा खेल बराबरीमा सकियो ।

बराबरीसँगै समूह ‘बी’का दुवै टोलीले १–१ अङ्क बाँडे ।

jackson ribon