birat ribon

इङ्ग्ल्यान्डको फराकिलो जित

Neuro
इङ्ग्ल्यान्डको फराकिलो जित

विराटनगर / विश्वकप छनोट खेलमा इङ्ग्ल्यान्डले सान मारिनोमाथि फराकिलो जित निकालेको छ । बिहीबार राति भएको युरोपियन छनोटतर्फ इङ्ग्ल्यान्डले सान मारिनोलाई ५–० गोलान्तरले हराएको हो ।

वेम्ब्ले स्टेडियममा इङ्ग्ल्यान्डलाई जिताउन डोमिनिक काल्भर्ट–लेविनले दुई गोल गर्दा जेम्स वार्ड–प्राउज, रहीम स्टर्लिङ र ओली वाट्किन्सले समान एक–एक गोल गरे ।

cura insider

खेलको १४औँ मिनेटमा प्राउजले गोल गर्दै इङ्ग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । २१औँ मिनेटमा लेविनले गोल गर्दै इङ्ग्ल्यान्डको अग्रता दोब्बर बनाउँदा ३१औँ मिनेटमा स्टर्लिङिले गोल गर्दै पहिलो हाफभरि ३–० गोलको अग्रता दिलाए ।

५३औँ मिनेटमा लेविले दोस्रो गोल गर्दै इङ्ग्र्ल्यान्डलाई ४–० गोलले अगाडि बढाए भने ८३औँ मिनेटमा वाट्किन्सले गोल गर्दै ५–० गोलको जित दिलाए ।

जितसँगै समूह ‘आई’को इङ्ग्ल्यान्डले तीन अङ्क जोड्दै शीर्ष स्थान बनाएको छ ।

jackson ribon