birat ribon

इब्राहिमोभिकको पुनरागमन खेलमा स्विडेनको जित

Neuro
इब्राहिमोभिकको पुनरागमन खेलमा स्विडेनको जित

विराटनगर / सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट खेलअन्तर्गत स्विडेनले सुखद सुरुआत गरेको छ । बिहीबार राति भएको युरोपियन छनोटको पहिलो खेलमा स्विडेनले जर्जियामाथि १–० गोलको जित निकालेको हो ।

फ्रेन्ड्स एरिनामा स्विडेनलाई जिताउन भिक्टर क्लासनले निर्णायक गोल गरे । उनले खेलको ३५औँ मिनेटमा गरेको गोल नै स्विडेनको जितमा निर्णायक बन्यो ।

cura insider

यसै खेलबाट स्ट्राइकर ज्लाटान इब्राहिमोभिकले पुनरागमन गरे । सन् २०१६ मा उनले सन्यासको घोषणा गरेका थिए । पाँच वर्षपछि सन्यास फिर्ता लिँदै उनी राष्ट्रिय टोलीमा फर्किएका हुन् ।

जितसँगै समूह ‘बी’मा स्विडेनले तीन अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

jackson ribon