birat ribon

‘शनिबार फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिन्छौँ’

Neuro
‘शनिबार फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिन्छौँ’

काठमाडौँ / नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किर्गिस्तानविरुद्ध आफ्नो टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताएका छन् । बिहीबार किर्गिस्तानको यु–२३ टोलीसँग घरेलु मैदानमा गोलरहित बराबरी खेलेपछि बोल्दै प्रशिक्षक महर्जनले यस्तो बताएका हुन् ।

लामो समयको अन्तरालपछि प्रतियोगिता खेल्न पाएको भन्दै उनले खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको प्रतिक्रिया दिए । नेपाली टोलीको ध्यान अब बंगलादेशसितको खेलमा हुने भन्दै महर्जनले जसरी पनि फाइनलमा पुग्ने लक्ष्यका साथ शनिबारको खेल खेल्ने बताए । किर्गिस्तानसितको खेलमा धेरै मौका पाए पनि नेपाली टोलीको फरवार्ड चुक्दा गोलरहित बराबरीमा चित्त बुझाउनुपरेको उनको भनाइ थियो ।

cura insider

किर्गिस्तान विरुद्धको खेलमा नेपाल उत्कृष्ट लयमा हुँदाहुँदै पनि गोल गर्नबाट चुक्न पुगेको थियो । मध्यान्तरअघि र पछिको खेलमा नेपाली खेलाडी किर्गिस्तानका खेलाडीमाथि हाबी भएका थिए । नेपाली खेलाडीले पटक पटक गोल गर्ने प्रयास भए पनि किर्गिस्तानी गोलकिपर प्रिएदकिन अर्तेमले सबै विफल पारी दिएका थिए ।

खेलको ६७औँ मिनेटमा किर्गिस्तानका कप्तान तासिएभ कामोलिदिनले दोहरो पहेँलो कार्डसँगै मैदानबाट बाहिरिए । त्यसपछि २९ मिनेटसम्म किर्गिस्तानी टोली १० खेलाडीमा सीमित रहन पुग्यो । नेपाली टोलीले त्यसको पनि फाइदा उठाउन सकेन ।

रंगशालामा उपस्थित करिब आठ हजार खेलाडीले किर्गिस्तानी टोली १० खेलाडीमा सीमित रहँदा नेपाली टोलीबाट गोलको आश गरेका थिए । किर्गिस्तानी गोलकिपर अर्तेमले नेपाली दर्शकको आशा निराशामा परिणत गरिदिए ।

jackson ribon