birat ribon

बाटो बनाउँदैगरेको स्काभेटर भिरबाट खस्यो, चालकको मृत्यु

Neuro
बाटो बनाउँदैगरेको स्काभेटर भिरबाट खस्यो, चालकको मृत्यु

पाँचथर / पाँचथरको सडकको ट्र्याक खोल्दै गरेको स्काभेटर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको तामाकोशी गाउँपालिका–३ पुरानोगाउँका २८ वर्षीय पवन महत रहेका छन् ।

बिहीबार निर्माणाधीन तमोर कोरिडोर सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा ट्र्याक खोल्दै गरेको ना १ क ८३२१ नम्बरको स्काभेटर चिप्लिएर दुर्घटना भएको हो ।

cura insider

भिरमा ट्र्याक खोल्दै गरेको स्काभेटर चिप्लिएर करिब ५०० मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा स्काभेटर चालक महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उक्त दुर्घटनामा चालकको टाउको र शरीर फरकफरक स्थानमा फेला परेको प्रहरीले जनाएको छ । तारे भिरबाट झरेको स्काभेटर तीन टुक्रा भएको छ । चालकलाई स्काभेटरको धारिलो भागले काटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

jackson ribon