birat ribon

अस्ट्राजेनिका खोपप्रति आशङ्का उत्पन्न, डेनमार्कमा अझै तीन साता नलगाइने

Neuro
अस्ट्राजेनिका खोपप्रति आशङ्का उत्पन्न, डेनमार्कमा अझै तीन साता नलगाइने

विराटनगर / डेनमार्कमा कोरोना भाइरसविरुद्धको अस्ट्राजेनिका खोप अझै तीन साता नलगाइने भएको छ । रगत पातलो बनाउनेलगायतका समस्या देखिएको भन्दै खोपप्रति आशङ्का उत्पन्न भएपछि डेनमार्कमा खोप लगाउने अभियान स्थगित गरिएको थियो ।

स्थगनको समयावधि अझै तीन हप्ता लम्बिने भएको छ । खोप लगाउने अभियान थप तीन हप्ता स्थगन गर्ने निर्णय बिहीबार भएको अधिकारीहरूले जानकारी दिएका छन् । खोपको गुणस्तर, प्रभावकारिता र उपयोगितामाथि शङ्का गर्दै खोप लगाउने अभियान स्थगन गर्ने डेनमार्क नै पहिलो मुलुक हो ।

cura insider

डेनमार्कले मध्य मार्चमा स्थगत गरेपछि अरू धेरै देशहरूले पनि खोप लगाउने अभियान स्थगन गरेका थिए । कतिपय देशहरूले अहिले पनि खोप लगाउन फेरि सुरु गरेका छैनन् भने कतिपय देशहरूले पहिला स्थगन गरेपनि अहिले फेरि खोप लगाउन थालेका छन् ।

खोपको गुणस्तर र उपयोगिता माथि प्रश्न उठेपनि धेरै देशहरूले भने खोप लगाउने अभियान स्थगित गरेका थिएनन् । तथापि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लगायतका धेरै अन्तर्राष्ट्रिय निकाय र पछिल्ला विभिन्न अध्ययनहरूले समेत खोपप्रति शङ्का गर्नु आवश्यक नरहेको बताउँदै आएका छन् । रासस

jackson ribon