birat ribon

बाग्लुङमा बलात्कारको झुटो आरोप लगाउने युवतीलाई पाँच हजार जरिवाना

Neuro
बाग्लुङमा बलात्कारको झुटो आरोप लगाउने युवतीलाई पाँच हजार जरिवाना

बाग्लुङ / बलात्कारको झुटो आरोप लगाउने युवतीलाई जिल्ला अदालत बाग्लुङले पाँच हजार रुपैयाँ जरिवाना फैसला सुनाएको छ । बाग्लुङकी एक युवतीले जाजरकोटका २९ वर्षीय केशव डाँगीले आफूलाई पटक–पटक बलात्कार गरेको भन्दै २०७७ भदौ २९ गते जिल्ला प्रहरी कार्यालय बाग्लुङमा उजुरी दिएकी थिइन् ।

युवतीले प्रहरीलाई दिएको उजुरीमा आरोपितले २०७७ जेठ २२ गतेदेखि असार ५ गतेसम्म पटक–पटक बलात्कार गरेको उल्लेख गरिएको थियो । बिहीबार जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट कसुर ठहर नभएको भन्दै आरोपित डाँगीले सफाइ पाएका हुन् ।

cura insider

युवतीको उजुरीपछि पक्राउ परेका डाँगीलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले अनुसन्धान पूरा गरी २०७७ असोज १४ गते जिल्ला अदालत बाग्लुङमा पेश गरेको थियो । डाँगीलाई बलात्कारको झुटो मुद्दामा फसाउन खोजेको पाइएपछि युवतीलाई पाँच हजार रुपैयाँ जरिवाना सजाय फैसला गरिएको जिल्ला अदालत बाग्लुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।

आरोपित डाँगी जिल्ला अदालत बाग्लुङको असोज १५ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षको लागि थुनामा रहेका थिए ।

jackson ribon