birat ribon

अर्थमन्त्रीको स्पष्टोक्ति : अब लकडाउन हुँदैन

Neuro
अर्थमन्त्रीको स्पष्टोक्ति : अब लकडाउन हुँदैन

काठमाडौँ / अर्थमन्त्री विष्णु पौडेलले सरकार लकडाउन गर्ने सोचमा नभएको स्पष्ट पारेका छन् । कोरोनाको दोस्रो चरण सुरुआत भएको र छिमेकी भारतमा सङ्क्रमण उच्च रहेकाबेला नेपालमा आशङ्काहरू हुन थालेका बेला अर्थमन्त्रीको स्पष्टोक्ति आएको हो ।

कोभिडको दोस्रो चरणबाट जोगिनुपर्ने बताउँदै उनले भने, ‘आशङ्का होइन, यथार्थबाट निर्देशित हुनुपर्छ । आर्थिक सामाजिक क्रियाकलापलाई सुचारु र नियमित गर्नुपर्छ । स्वास्थ्य मापदण्ड पालना गनुर्छ । सरकारले सीमा–नाका बन्द गर्ने, लकडाउन गर्ने सोचेको छैन ।’

cura insider

अर्थमन्त्री पौडेलले खोप खरिद गर्न स्रोतको अभाव नहुने बताए । उनले भने, ‘विश्व बजारमा खोपको उपलब्धता उत्पादकको निर्णयका आधारमा प्रभावित हुन सक्छ । सकेसम्म अभाव हुन नदिन सरकारले प्रयास गरिरहेको छ ।’

jackson ribon