birat ribon

दस खेलाडीमा सीमित किर्गिस्तानसँग नेपालको बराबरी

Neuro
दस खेलाडीमा सीमित किर्गिस्तानसँग नेपालको बराबरी

विराटनगर / नेपाली राष्ट्रिय फुटबल टाेली किर्गिस्तानको यु-२३ टोलीसँग बराबरीमा राेकिएकाे छ । काठमाडौँमा जारी ‘थ्री नेसन्स कप’ अन्तर्गतकाे आफ्नो पहिलो खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको हाे ।

पाएका थुप्रै अवसरमा गोल गर्न चुँक्दा नेपाल एक खेल अगावै फाइनलमा स्थान बनाउन सफल हुन सकेन । घरेलु मैदान दशरथ रङ्गशालामा भएको खेल अधिकांश समय आफ्नो पकडमा राखेको नेपालले गोल गर्ने दर्जन बढी अवसर सदुपयोग गर्न सकेन ।

cura insider

खेलको चौथो, दसाैँ र ३३औँ मिनेटमा अन्जन विष्ट गोल गर्न चुके । २९औँ मिनेटमा अभिषेक रिजालले पाएको अवसर सदुपयोग गर्न सकेननन् । पहिलो हाफ गोलसहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा पनि गोल गर्ने अवसर गुमाएको नेपाल बराबरीमा रोकिएको हो ।

सुरुवाती अवस्थादेखि नै दबाबमा रहेकाे किर्गिस्तान ६६औँ मिनेटमा दस खेलाडीमा सीमित भएको थियो । अभिषेक रिजाललाई लडाएपछि कप्तान तासिभ कामोलिदिन दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाहिर गएका थिए । दस खेलाडीमा सीमित भएपछि पाएकाे अवसरहरू पनि नेपाली खेलाडीले सदुपयाेग गर्न सकेनन् ।

अब नेपालले दोस्रो खेल बङ्गलादेशसँग खेल्नेछ । बङ्गलादेश फाइनलमा प्रवेश गरिसकेकाे छ । नेपाल र किर्गिस्तानको समान एक अङ्क बाँड्दा किर्गिस्तानलाई पराजित गरेको बङ्गलादेशसँग ती अङ्क छ ।

नेपालले लिगको अन्तिम खेलमा बङ्गलादेशसँग बराबरीमा रोकिए पनि फाइनलमा पुग्नेछ । नेपाल पराजित भएको अवस्थामा किर्गिस्तान फाइनल पुग्नेछ ।

नेपालले शनिबार बङ्गलादेशसँग खेल्दैछ ।

jackson ribon