birat ribon

साइनो मिल्स गोल्डकपको फाइनलमा

Neuro
साइनो मिल्स गोल्डकपको फाइनलमा

विराटनगर/ विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा साइनो स्पोर्ट्स क्बल रानी मोरङ फाइनलमा प्रवेश गरेको छ ।
विराटनगर–१६ स्थित जुट मिल्सको खेलमैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा धरान सिटी फुटबल एकेडमी सुनसरीलाई १–० गोलले हराउँदै साइनो फाइनलमा प्रवेश गरेको हो ।

जितसँगै साइनोले शनिबार हुने फाइनलमा उपाधि रक्षाका लागि सशस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ । एपिएफले सेमिफाइनलमा एलेभने एरोज क्बल दुहबीलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको थियो ।

cura insider

उपाधि रक्षाका लागि फाइनलमा प्रवेश लागि साइनोका दोर्जे तामाङले निर्णायक गोल गरे । खेलको ५८औँ मिनेटमा डिबक्सभित्र धरानका खेलाडीको हेन्ड भएपछि रेफ्री बिक्की कार्कीले साइनोलाई पेनाल्टी दिएका थिए । पेनाल्टी सुटआउटमा साइनोका दोर्जेले गरेको प्रहार धरानका गोलरक्षक सजिन श्रेष्ठले पन्च गर्दा बल डिबक्समा आयो र पुनः दोर्जेले प्रहार गरेको बलले जाली चुम्यो । प्रतिस्पर्धात्मक रोमान्चित खेलमा पहिलो हापसम्म गोल रहित खेल बराबरी भएको थियो ।

दोस्रो हाफदेखि आक्रमक भएर मैदान उत्रिएको साइनोका दिर्थ बस्नेतले ६५ मिनेटमा बललाई एक्लै अगाडि बढाएर गरेको प्रहार बाहिरिँदा थप गोल गर्ने अवसर गुम्यो । धरानकोे प्रदर्शन तुलनात्मकरूपमा केही हदसम्म सुदृढ रह्यो । पहिलो हाफमा प्रभावशाली रहेको साइनले दोस्रो हाफमा पनि केही राम्रा आक्रमण बुन्न सफल रह्यो । खेलको अन्त्यतिर साइनोलाई दबाबमा राखेको धरानले खेलको ७६आँै मिनेटमा पेनाल्टी पायो ।

हेन्ड भएपछि पेनाल्टी पाएको धरानका विनोद राईले गरेको प्रहार साइनोका गोलरक्षक प्रज्ज्वल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिए । पेनाल्टीमा पाएको गोल गर्ने अवसर चुकाउँदा धरान पराजित भयो । इन्ज्युरी समयमा धरानका नजिकको दूरीबाट फ्रि हेडरको मौका पाएको थियो, त्यो पोस्ट भन्दा माथिबाट बाहिरिएको थियो । शारीरिक रूपमा अग्ला र बलिया धरानका टिमले साइनोमाथि त्यसको पनि फाइदा उठाउन सकेनन् ।
खेलको म्यान अफ द म्याच साइनोका गोलरक्षक प्रज्ज्वल श्रेष्ठ घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको विजेतालाई नगद एक लाख ५० हजार रुपैयाँको साथै ट्रफी र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष विष्णु डङ्गोलले जानकारी दिए ।

jackson ribon