birat ribon

पर्यटकीय क्षेत्रमा सरकारले ध्यान नदिएको सांसदहरूको गुनासो

Neuro
पर्यटकीय क्षेत्रमा सरकारले ध्यान नदिएको सांसदहरूको गुनासो

काठमाडौँ / पर्यटकीय तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण र संवर्धनमा सरकार गम्भीर नभएको सांसदहरूले आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा बोल्दै सांसदहरूले पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको संरक्षण र संवर्धनमा सरकार गम्भीर नभएको बताएका हुन् । समितिकी सभापति पवित्रा निरौला खरेलले पर्यटकीय क्षेत्रको विकासका सम्बन्धमा सरकारलाई निर्देशन नै दिनुपर्ने आवश्यकता रहेको बताइन् । पर्यटकीय क्षेत्रको विकास र संरक्षणका लागि धेरै काम गर्नुपर्ने भन्दै उनले सरकारले ठोस नीति र योजना बनाउन सक्नुपर्ने उल्लेख गरिन् । ठोस नीति र योजना नहुँदा पर्यटकीय क्षेत्रको संवर्धनमा बजेट नियमित हुन नसकेको पनि उनको भनाइ थियो ।

cura insider

सांसद मोहन बानियाँले पर्यटकीय क्षेत्रलाई सूचीकृत गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । कतिपय क्षेत्रलाई सरकारले पर्यटकीय गन्तव्यमा सूचीकरण नगरेको भन्दै छुटेका सम्पदाहरूलाई सूचीकरण गर्नुपर्ने र सूचीकृत भएकालाई प्रचार–प्रसार गर्नुपर्ने बताए ।

सांसद रेनुका गुरुङले आन्तरिक पर्यटनलाई महत्व दिएर सातै प्रदेशमा आ–आफ्नो संस्कृति, परम्परा र संस्कार झल्कने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने बताइन् । सबै प्रदेशमा पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य खोजीका लागि स्थलगत भ्रमण गर्नुपर्ने पनि उनको धारणा थियो ।

सांसद उमा रेग्मीले पर्यटन उद्योगलाई परिचालन र परिमार्जन गर्न सरकारको ध्यान नजानुले देशले घाटा बेहोर्नुपरेको बताइन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण संवर्धनमा अध्ययन÷अवलोकन भ्रमण गरेर सरकारलाई प्रतिवेदन दिने गरेको भए पनि सरकारले हालसम्म कार्यान्वयन नगरेको गुनासो गरिन् ।

सांसद सुजिता शाक्यले पशुपतिनाथ मन्दिर, स्वयम्भू र चागुनारायण मन्दिरपरिसरमा भू–क्षय तथा चोरी हुने गरेको भन्दै भू–क्षय रोक्न तथा चोरी सिकारी रोक्न प्राथमिकता दिनुपर्ने बताइन् ।

सांसद दीपक प्रकाश भट्टले पर्यटकीय क्षेत्रको संरक्षणमा केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसकेको बताए । पर्यटनको क्षेत्रमा केन्द्रीय नीति नै नरहेको पनि उनको भनाइ थियो ।

सांसद पुष्पा भुसालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बस्ने ट्याक्सी चालकहरूको बेथिति रहेको भन्दै सरकारले नियमन गर्नुपर्ने सुझाव दिइन् । पर्यटकीय क्षेत्रमा सरकारले गरेको लगानीले मुलुकको अर्थतन्त्रमा कत्तिको टेवा पु¥याएको छ भन्नेमा ध्यान दिनुपर्ने उनको धारणा थियो ।

jackson ribon