birat ribon

मध्यपहाडी लोकमार्गको ट्र्याक खोल्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

Neuro
मध्यपहाडी लोकमार्गको ट्र्याक खोल्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर / मध्यपहाडी लोकमार्गको पाँचथर खण्डमा ट्र्याक खोल्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो १२ बजे पाँचथरको कुम्मायक गाउँपालिका–४ वानथाकस्थित मध्यपहाडी लोकमार्गको ट्र्याक खन्ने क्रममा ना१क ८३२१ नम्बरको स्काभेटर दुर्घटना भएको थियो ।

ट्र्याक खन्ने क्रममा चिप्लिएर पाँच सय मिटर तल झर्दा चालक दोलखा तामाकोसी–३ पुरानोगाँउका २८ वर्षीय पवन महतको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

cura insider
jackson ribon