birat ribon

कटहरीमा दुर्घटना : मोटरसाइकल चालकको मृत्यु

Neuro
कटहरीमा दुर्घटना : मोटरसाइकल चालकको मृत्यु

विराटनगर / मोरङको कटहरी गाउँपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो १२ बजे कटहरी–४ स्थित रङ्गेली सडकखण्डमा को२त ६१२७ नम्बरको ट्र्याक्टरले को३प ३३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धनपालथान गाउँपालिका–७ का ६० वर्षीय मुस्तफी मियाँको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते मियाँलाई न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । उपचारको क्रममा पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

cura insider

ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

jackson ribon