birat ribon

उमेरअनुसार महिलामा चाहिने आवश्यक पोषण

Neuro
उमेरअनुसार महिलामा चाहिने आवश्यक पोषण

विराटनगर / एक महिलाले आफ्नो घर, अफिसको काम, परिवारको हेरचाह, पोषण र सबै आवश्यकता पूरा गर्नेलगायतका विभिन्न काम गर्छिन् ।

यी सबैको बीचमा एक महिलाले आफ्नो आवश्यकतालाई प्राथमिकतामा नराख्ने, आफ्नो स्वास्थ्यमा कम ध्यान दिने र खानपानमा लापरबाही गर्ने गर्छन् । पहिलेको तुलनामा महिलाहरूलाई धेरै प्रकारका रोग लागिरहेको छ । त्यस्तै, धेरै महिलालाई आफ्नो उमेरअनुसार कति मात्रामा पोषण चाहिन्छ भनेर थाहा पनि हुँदैन ।

cura insider

सबैको उमेरअनुसार भिन्न पोषण आवश्यक हुन्छन् । एक राम्रो जीवनशैली, नियमित व्यायाम र उमेरअनुसार पोषण आवश्यकताले एक मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ । स्वस्थ रहनका लागि आइरन महत्त्वपूर्ण हुन्छ । किशोरावस्थामा किशोरीहरूको शरीरमा र हर्मोनमा धेरै परिवर्तन भइरहेको हुन्छ । किशोरावस्था महिनावारी सुरु हुने समय पनि हो ।

प्रत्येक महिनावारीमा बग्ने रगतमा शरीरबाट आइरन पनि निष्कासन हुन्छ, जसले उनीहरूको प्रतिरक्षा प्रणालीलाई कमजोर पार्छ । यस कारण तिनीहरू थाकेको महसुस गर्छन् । जसकारण उनीहरूलाई आइरनको प्रशस्त मात्रा चाहिन्छ जुन खानाको माध्यमबाट लिन सकिन्छ । २० वर्षदेखि २९ वर्षसम्मको समयमा धेरैजसो महिला हुर्कंदै हुन्छन् । शरीरमा पनि थुप्रै परिवर्तनहरू भइरहेका हुन्छन् ।

यस समयमा एक महिला आमा बन्ने वा बन्ने तयारीमा हुन्छिन् । फोलेट फोलिक एसिड गर्भावस्थाका लागि धेरै महत्त्वपूर्ण हुन्छ । ३० देखि ३९ वर्ष उमेरका महिलाका लागि पूर्ण शरीर हेरचाहको गर्नु आवश्यकता हुन्छ । हड्डीहरू बलियो हुँदै गइरहेका हुन्छन् भने तिनीहरूको मर्मत पनि हुने क्रम जारी रहन्छ । यस्तो अवस्थामा भिटामिन डी र क्याल्सियम हड्डीहरूलाई बलियो बनाउन मद्दत गर्न धेरै महत्त्वपूर्ण हुन्छ ।

त्यस्तै, ४० देखि ४९ वर्षको उमेरमा एक महिलाको महिनावारी रोक्किने (मेनोपज) हुने हुन्छ । यस समयमा हड्डी कमजोर हुने, आइरनको कमी हुने हुन्छ । साथै, मेटाबोलिजम ढिलो भएर तौल बढ्ने सम्भावना धेरै हुन्छ । छालामा पनि बुढ्यौलीका लक्षण देखिन थाल्छन् । यस्ता महिलाले शरीरलाई सही तरिकाले सञ्चालन गर्न आइरन, प्रोटिन, फाइबरको प्रशस्त सेवन गरी क्यालोरीको सेवनमा ध्यान पु¥याउनुपर्छ ।

५० वा सोभन्दा बढी उमेरका महिलालाई भिटामिन बी६, भिटामिन बी१२, फोलिक एसिडको आवश्यकता हुन्छ । शरीरको स्नायु प्रणालीले काम गर्नका लागि यी पोषक तत्व आवश्यक हुन्छ । शरीरमा यी तत्वको अभाव भएमा त्यहाँ धेरै स्वास्थ्यसम्बन्धी समस्या हुने जोखिम रहन्छ । यसका साथै हड्डीको मर्मतका लागि क्याल्सियम, म्याग्नेसियम र भिटामिन पनि चाहिन्छ ।

jackson ribon