birat ribon

पिसाबको रङमा परिवर्तन वा गन्ध मधुमेहको सङ्केत

Neuro
पिसाबको रङमा परिवर्तन वा गन्ध मधुमेहको सङ्केत

विराटनगर / पिसाबको रङमा परिवर्तन, पिसाबमा असामान्य गन्ध पनि मधुमेहको सङ्केत हुन सक्छ ।

मधुमेहले मृगौलाको समस्या र पिसाब तथा पिसाब नलीमा हुने सङक्रमणको जोखिम बढाउने हँुदा यी दुवै समस्या क्लाउडी पिसाबमा देखिने असामान्य लक्षणका लागि जिम्मेवार हुन सक्छन् । पिसाबको रङ विभिन्न अवस्था तथा स्वास्थ्यमा आएको समस्याको कारण हुन सक्छ । मधुमेह मात्र यसको कारण नहुन सक्छ । तर, गाढा फिजसहितको, बादलजस्तो देखिने पिसाब छ भने ध्यान दिन जरुरी हुन्छ ।

cura insider

बारम्बार पिसाब आउनु र तिर्खा लाग्नु मधुमेहको प्रमुख लक्षण हुन् । मधुमेह भएका मानिसको शरीरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन । यो असामान्य रूपमा हाइ ब्लड सुगरको कारण बन्छ । जसलाई मृगौलाले फिल्टर गर्छ भने यो पिसाबको सहयताले निष्कासन हुन्छ । यदि पिसाबमा चिनीको मात्रा धेरै भए पिसाबको रङ परिवर्तन हुने, गाढा हुने हुन्छ ।

साथै पिसाबबाट मीठो वा नराम्रो गन्ध आउन सक्छ जुन मधुमेह पीडित बिरामीका लागि पहिलो र मुख्य सङ्केत हुनसक्छ । मधुमेहको समस्या भएकामा पिसाब र पिसाबको नलिको सङ्क्रमण हुने जोखिम पनि रहन्छ । समयसँगै मधुमेहले मृगौलामा क्षति पुर्याएर गम्भीर मृगौलाका समस्या निम्त्याउने वा समस्या हुनसक्ने जोखिम बढाउन सक्छ ।

यो पनि पिसाबको रङमा आएको परिवर्तनको कारण हुनसक्छ ।

jackson ribon