birat ribon

बार्सिलोना शताब्दीकै सर्वाधिक उत्कृष्ट क्लब घोषित्

Neuro
बार्सिलोना शताब्दीकै सर्वाधिक उत्कृष्ट क्लब घोषित्

विराटनगर / स्पेनिस फुटबल क्लब बार्सिलोना २१औँ शताब्दीकै सर्वाधिक उत्कृष्ट क्लब घोषित् भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ, इतिहास एवं तथ्याङ्क (आइएफएफएचएस)ले बार्सिलोनालाई २०११ देखि २०२० सम्मको सर्वाधिक उत्कृष्ट क्लब घोषणा गरेको हो ।

अघिल्लो पटक २०१० मा पनि आइएफएफएचएसले बार्सिलोनालाई २००१ देखि २०१० सम्मको सर्वाधिक उत्कृष्ट घोषणा गरेको थियो । यसैले बार्सिलोना यस शताब्दीकै उत्कृष्ट क्लब भएकाे आइएफएफएचएसको दाबी छ ।

cura insider

बार्सिलोनाको पछिल्लो एक दशक उपाधिका आधारमा पनि प्रभावकारी रह्यो । जहाँ उसले दुईवटा क्लब विश्वकप, दुईवटा च्याम्पियन्स लिग, छवटा ला लिगाको उपाधि जितेको थियो । तथापि, उपाधिका आधारमा मात्र नभएर जितेको खेल सङ्ख्या, गोल सङ्ख्या र आफूले खाएको गोल सङ्ख्याको आधारमा आइएफएफएचएसले बार्सिलोनालाई उत्कृष्ट घोषणा गरेको हो ।

आइएफएफएचएसको वरीयताअनुसार बार्सिलोनाले दुई हजार आठ सय ७७ अङ्क पाएको छ । यस्तै स्पेनकै रियल मड्रिड ९५ अङ्कले पछाडि रहँदै सर्वाधिक दोस्रो उत्कृष्ट क्लब बनेको छ । रियलले दुई हजार सात सय ८२ अङ्क पाएको छ भने जर्मन क्लब बायर्न म्युनिख दुई हजार पाँच सय ९४ अङ्कसहित तेस्रो स्थानमा छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) चौथो स्थानमा छ भने पाँचौँमा स्पेनकै एथ्लेटिको मड्रिड छ । शीर्ष पाँचमा तीन स्पेनिस क्लबले स्थान बनाएका छन् । अर्को स्पेनिस क्लब सेभिल्ला भने १३औँ स्थानमा छ ।

jackson ribon