birat ribon

कोरोना प्रभाव : दुई फिल्मको प्रदर्शन मिति स्थगित

Neuro
कोरोना प्रभाव : दुई फिल्मको प्रदर्शन मिति स्थगित

विराटनगर / गतवर्षको चैत्र ११ गतेबाट सुरु भएको लकडाउनले फिल्म क्षेत्रमा धेरै प्रभाव पारेको थियो । रिलिजको तयारीमा रहेका दर्जनौँ फिल्मदेखि छायाङ्कन हुँदै गरेका थुप्रै फिल्महरु कोरोनाको सिकार बनेका थिए ।

त्यसो त विगत तीन महिनादेखि फिल्म हलहरू सञ्चालनमा आएका छन् तर विश्वमा दोश्रो चरणको कोरोनाको लहर सुरु भएको छ । यसै कारण यो वर्ष पनि फिल्म क्षेत्रमा कोरोनाको प्रभाव नराम्रोसँग पर्नसक्ने सम्भावना देखिएको छ ।

cura insider

चैत १३ गतेलाई प्रदर्शन मिति तय गरेको हिन्दी फिल्म ‘हात्ती मेरे साथी’को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित गरिएको छ । यो फिल्म तमिल, तेलुगु र हिन्दी भाषामा एकसाथ प्रदर्शन हुने तयारीमा थियो । तर कोरोनाको लहर बढेका कारण फिल्मको हिन्दी संस्करणलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ भने फिल्मको अन्य संस्करण पुरानै मितिमा सार्वजनिक हुने बताइएको छ ।

यस्तै बलिउडको अर्को प्रतीक्षित फिल्म ‘बन्टी और बब्ली २’को प्रदर्शन मिति पनि स्थगित गरिएको छ । यशराजको ब्यानरमा निर्माण भएको फिल्ममा सिद्धार्थ चतुर्वेदी र सरभरीको मुख्य भूमिका छ । यस्तै, फिल्ममा सैफअली खान र रानी मुखर्जीको पनि विशेष भूमिका रहेको छ । यो फिल्मको प्रदर्शन मिति २३ अप्रिललाई फाइनल गरिएको थियो ।

jackson ribon