birat ribon

भारतमा एकै दिन ५३ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि

Neuro
भारतमा एकै दिन ५३ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि

विराटनगर / भारतमा कोरोना भाइरसबाट एकै दिनमा ५० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा थप ५३ हजार चार सय ७६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । यो सङ्ख्या अघिल्लो दिनको भन्दा १३ प्रतिशतले बढी हो । यो सङ्ख्या भारतमा नोभेम्बरपछिको धेरै रहेको छ । भारतमा बुधबार ४७ हजार दुई सय ६२ जनामा सङ्क्रमण देखिएको थियो । योसँगै भारतमा सङ्क्रमित हुनेको कुल सङ्ख्या एक करोड १७ लाख ८७ हजार नाघेको छ ।

cura insider

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणबाट थप दुई सय ५१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक लाख ६० हजार सात सय नाघेको छ । तथ्याङ्कअनुसार भारतमा अन्य ठाउँको तुलनामा महाराष्ट्रमा यतिबेला कोरोना तीव्र रुपमा फैलिरहेको छ । महाराष्ट्रमा मात्र एक दिनमा ३१ हजार बढीमा सङ्क्रमण पुष्टि भएको हो ।

भारतमा दुई पटक उत्परिवर्तित भएको कोरोना भाइरसको नयाँ प्रकार पत्ता लागेको छ । दश हजार सात ८७ नमुना परीक्षण गरिएकोमा सात सय ३६ जनामा युके भेरिएन्ट, ३४ जनामा दक्षिण अफ्रिकी र एक जनामा ब्रजिली भेरिएन्टको कोरोना भाइरस देखिएको हो । तर, सरकारले नयाँ प्रकार र पछिल्लो सङ्क्रमण दरबीच सम्बन्ध नदेखिएको जनाएको छ ।

jackson ribon