birat ribon

अपर तामाकोसीको स्थलगत अध्ययन भ्रमण गर्दै संसदीय समिति

Neuro
अपर तामाकोसीको स्थलगत अध्ययन भ्रमण गर्दै संसदीय समिति

काठमाडौँ / प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन अपर तामाकोसी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ ।

बिहीबार बसेको समितिको बैठकले निर्माणाधीन अपर तामाकोसी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्नका लागि समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरेको हो ।

cura insider

सदस्यहरूमा घनश्याम खतिवडा, दलबहादुर राना, देवप्रसाद तिमल्सिना, पोल्देन छोपाङ गुरुङ, भूपेन्द्रबहादुर थापा, भूमिप्रसाद त्रिपाठी, राजबहादुर बुढाक्षेत्री, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, सत्यनारायण शर्मा खनाल रहेको सभापति सुवेदीले बताइन् ।

अध्ययन भ्रमणमा आउनका लागि उक्त आयोजनाले बारम्बार बोलाइरहेकाले अहिले अनुकूल समय मिलाएर अध्ययन भ्रमणमा जान लागिएको सभापति सुवेदीले बताइन् ।

jackson ribon