birat ribon

क्रियापुत्री बसेका विद्यार्थी परीक्षामा सामेल

Neuro
क्रियापुत्री बसेका विद्यार्थी परीक्षामा सामेल

विराटनगर / जेनिथ इन्टरनेसनल कजेल विराटनगर परीक्षा केन्द्रमा क्रियापुत्री बसेका विद्यार्थी परीक्षामा सामेल भएका छन् ।

विराटनगर बरगाछी–५ पृथ्वीचोकका विशाल रेग्मीले क्रियापुत्री बसेकै अवस्थामा परीक्षा दिएका हुन् । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टारको परीक्षा दिँदै गरेका रेग्मीका बुबाको फागुन ८ गते निधन भएको थियो । बुबाको निधन भएपछि उनले बिहीबारको परीक्षा क्रियापुत्री बसेकै अवस्थामा दिएका हुन् ।

cura insider

उनका लागि छुट्टै कोठाको व्यवस्था गरेर परीक्षा दिन सहज वातावरण बनाएको कलेजले जनाएको छ । उनलाई परीक्षा दिन कुनै अप्ठ्यारो नपरोस् भनेर अरु विद्यार्थी नभएको छुट्टै कोठाको व्यवस्था गरेको कलेजका शिक्षक ईश्वर भण्डारीले बताए । उनले भने, ‘हिन्दु परम्पराअनुसार क्रियापुत्री बसेको व्यक्तिलाई अरुले छुन हुँदैन भन्ने मान्यता छ, त्यहीअनुसार कसैको सम्पर्कमा नआउने गरी परीक्षा दिने वातावरण बनाएका छौँ ।’

यस्तो अवस्थामा कलेजले परीक्षा दिन सहज वातावरण वनाइदिएको परीक्षार्थी रेग्मीले बताए । तर यतिले मात्रै पनि नपुग्ने उनले बताए । ‘यस्तो अवस्था त विभिन्न समयमा आइरहेकै हुन्छन्’, रेगमीले भने, ‘यस्तो अवस्थामा विश्वविद्यालयले केही प्रावधान बनाएर घरबाटै परीक्षा दिने व्यवस्था गर्न सकेमा सहज हुने थियो ।’

jackson ribon