birat ribon

ओछ्यानसहित बेपत्ता भएका झा दम्पत्तीको शव गाडिएको अवस्थामा भेटियो

Neuro
ओछ्यानसहित बेपत्ता भएका झा दम्पत्तीको शव गाडिएको अवस्थामा भेटियो

महोत्तरी / ओछ्यानसहित बेपत्ता भएका महोत्तरीका झा दम्पत्तीको शव गाडिएको अवस्थामा भेटिएको छ । एक महिनादेखि ओछ्यानसहित बेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिकाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको शव बिहीबार गाडिएको अवस्थामा भेटिएको हो ।

महोत्तरीको पिपरा गाउँपालिका–२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रदेश नम्बर दुई प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।

cura insider

उनका अनुसार शव पाँच फिट तल गाडिएको र शव चाँडो कुहियोस् भनेर नुनसमेत हालेको अवस्थामा भेटिएको हो । मृतकका छोरा र भतिजाले शवको सनाखत गरेको उनको भनाइ छ ।

गत फागुन १० गते उनीहरू घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका थिए । बेपत्ता भएका दम्पत्ति अपहरण अभियोगमा प्रहरीले यसअघि पिपरा गाउँपालिका–५, सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरो राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो ।

jackson ribon