birat ribon

युवा र महिलामा खोपका साइड इफेक्ट धेरै

Neuro
युवा र महिलामा खोपका साइड इफेक्ट धेरै

विराटनगर / खोप लगाएपछि केही न केही साइड इफेक्ट देखिन्छ भन्ने तथ्य मानिसहरूबाट लुकाइएको छैन ।

तर, खोप लगाएका सबै मानिसमा साइड इफेक्ट देखिन्छ भन्ने पनि हुँदैन । केही व्यक्तिमा अन्यको तुलनामा खोपको प्रभाव धेरै वा छिटो हुने पाइएको छ । एक नयाँ अध्ययनअनुसार पुरुषहरू भन्दा महिलालाई खोपका साइड इफेक्टहरू बढी हुन्छन् । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)द्वारा गरिएको अध्ययनमा पहिलो एक करोड ३७ लाख कोभिड खोप लगाएको विभिन्न उमेर समूहका मानिसको तथ्याङ्कलाई हेरिएको छ ।

cura insider

खोप लगाएको कुल सङ्ख्यामध्ये, ७९ प्रतिशत साइड इफेक्टका महिलाहरूद्वारा रिपोर्ट गरिएको थियो । त्यस्तै, जो कोभिड नामको लक्षण अध्ययन एप अनुसार फाइजरको कोभिड खोप लिएका व्यक्तिमध्ये एक तिहाइ मानिस पहिले नै कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका थिए । विगतमा कोभिडको सङ्क्रमण नभएकाको तुलनामा सङ्क्रमण भइसकेका मानिसमा काँप्ने, ज्वरो, दुखाइलगायतका अन्य साइड इफेक्ट १९ प्रतिशत धेरै देखिएको थियो ।

युवा जनसङ्ख्यामा समेत खोपका साइड इफेक्ट धेरै देखिएको सोही तथ्याङ्कले देखाएको छ । त्यस्तै, भारतीय मेडिकल एसोसिएसन (आईएमए) कोची शाखाले गरेको एक अध्ययनले पनि कोरोना भाइरसविरुद्धको खोपका साइड इफेक्टहरू भारतका बूढापाका भन्दा कम उमेरका व्यक्तिहरूमा बढी रहेको देखाएको छ ।

अध्ययनमा २० देखि २९ वर्ष र ८० देखि ९० वर्षका पाँच हजार बढी व्यक्तिको सहभागिता रहेको थियो । कम उमेर समूहका मानिसमा खोप लगाएपछि ८१ प्रतिशतले साइड इपेक्ट अनुभव गरेका थिए भने पाका उमेरका मानिसमा खोप लगाएपछि सात प्रतिशतमा मात्र सामान्य साइड इफेक्ट देखिएको थियो ।

jackson ribon