birat ribon

कान नसुन्ने समस्या पनि कोभिडको सङ्केत

Neuro
कान नसुन्ने समस्या पनि कोभिडको सङ्केत

विराटनगर / कोरोना भाइरसको सङ्क्रमण सुरु भएको एक वर्षभन्दा धेरै भएको छ ।

एक वर्ष बितिसक्दा पनि यसको जोखिम कम हुन सकेको छैन । यसले निम्त्याउने समस्या पनि धेरै छन् र अझै नयाँ समस्याहरू पत्ता लाग्ने क्रम जारी छ । हाल कोरोना भाइरसका नयाँ भेरिएन्टहरू पनि व्यापक रुपमा फैलिरहेका छन् । उत्परिवर्तित भएको भाइरसले विभन्न र फरक प्रकारका लक्षण देखाइरहेको हुनाले सतर्क रहन जरुरी हुन्छ ।

cura insider

यसै क्रममा एउटा वा दुबै कान नसुन्ने समस्या पनि कोरोना भाइरसको सङ्क्रमणको सङ्केत हुनसक्ने अध्ययनले देखाएको छ । जर्नल अफ अडियोलोजीमा प्रकाशित अध्ययनका अनुसार कोभिड र कान नसुन्ने समस्या एकअर्कासँग सम्बन्धित हुने देखिएको छ । एक वा दुबै कानमा लगातार बजेकोजस्तो आवाजको अनुभव गर्नु टिन्निटसको लक्षण हो ।

यो कान बज्ने समस्या कोभिड निको भइसकेका बिरामीलाई पनि हुन सक्छ । यो कोभिडसँग सम्बन्धित मुख्य लक्षण होइन । तर, अन्य भाइरसहरू जस्तै कान र साइनस सङ्क्रमणको कारण हुने टिन्निटसको दुखाइ प्रतिरोधात्मक प्रणालीको अत्यधिक प्रतिक्रियाको सम्भावित प्रतिक्रिया हुन सक्ने बताइएको छ । जसले कान र मस्तिष्कको सङ्केतबीचमा गडबडी निम्त्याउँछ ।

त्यस्तै, अध्ययनले करिब ७.६ प्रतिशत सङ्क्रमितमा कान नसुन्ने समस्या देखिएको छ । भाइरसका कारण कानमा हुने समस्याको बारेमा प्रष्ट प्रमाण नभए पनि यो समस्या विभिन्न उमेर समूहमा, हल्का वा गम्भीर सङ्क्रमितमा तथा सङ्क्रमणबाट निको भइसकेकामा समेत देखापरिरहेको छ ।

jackson ribon